मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-27
मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस ३० गते सप्तरी राजविराजमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस गरी कुल १३.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व  २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: