माउण्ट कैलाश इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-21
माउण्ट कैलाश इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २८ गते सोमबारका दिन काठमाण्डौको रानो भर्याङमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा  बिहान ११ बजेदेखि १ बजेसम्म सभा अयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: