माउन्टेन हाइड्रो नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-21
माउन्टेन हाइड्रो नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो र पाचौँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो। 

बैठकले यि दुई वार्षिक साधारण सभा आउँदो पुस २७ गते सोमबारका दिन काठमाण्डौ स्थित कालिमाटी ब्याङ्क्युटमा बिहान ११ बजे भर्चुअल माध्यममार्फत आयोजना गर्ने निर्णय गरेको छ।  

उक्त सभामा कम्पनीका अध्यक्षबाट आ.व २०७५/७६ र २०७६/७७ का लागि प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षको प्रतिवेदन सहितको आ.व २०७५/७६ र २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। 
यस्तै आ.व २०७६/७७ को लेखा परीक्षक नियुक्तीको अनुमोदन तथा आ.व २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिनुका साथै कम्पनीको प्रबन्धक सञ्चालक समेत नियुक्ती गरिनेछ। 

 


Share this with your friends: