मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त

2021-05-30
मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् । 

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसकासाथै, यसअघिका स्वतन्त्र सञ्चालक केशवराज आचार्यले दिएको राजिनामा पनि सोहि बैठकबाट स्वीकृत भएको कम्पनीले जानकारी गराएको छ ।


Share this with your friends: