मिर्मिरे लघुवित्तद्वारा झापाको इलाका प्रहरी कार्यालयलाई कुर्सी सहयोग

2022-03-01
मिर्मिरे लघुवित्तद्वारा झापाको इलाका प्रहरी कार्यालयलाई कुर्सी सहयोग

काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बनियानीस्थित प्रहरीचौकीलाई कुर्सी वितरण गरेको छ। 

संस्थाले झापाको बनियानीस्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो। संस्थाका बिर्तामोड उपप्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामग्री प्रहरी नायब निरीक्षक नरबहादुर तुम्बाहाम्फेलाई हस्तान्तरण गरेको हो।

इलाका प्रहरी कार्यालय बनियानीमा सोमबार एक कार्याक्रमका बीच उक्त सामानहरु हस्तान्तरण गरिएको हो। प्रहरी नायब निरीक्षक तुम्बाहाम्फेले कार्यालयमा कुर्सीको अभावले सेवाग्राही आउँदा समस्या भइरहेको जानकारी गराएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए। 


Share this with your friends: