मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमार्फत सपिङ गर्दा १०% छुट पाउने

2022-04-06
मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमार्फत सपिङ गर्दा १०% छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग एक कार्यक्रम बीच सम्झौता गरेको छ। 

बैंकले दराजसँग नयाँ नेपाली वर्षका अवसरमा अनलाइन सपिङ गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट प्रमुख–डिजिटल बैंकिङ इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे,  प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीको उपस्थिति तथा दराजका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो। 

बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ को दिनदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु. १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्दछ। आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नका लागि ग्राहकले बैंकको नजिकको शाखामा आवेदन दिनुपर्नेछ। 

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो। तसर्थ, यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।


Share this with your friends: