युनियन हाइड्रोपावरको वार्षिक साधारण सभा आज

2022-01-11
युनियन हाइड्रोपावरको वार्षिक साधारण सभा आज

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १५ औँ वार्षिक साधारण सभा 
ललितपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल जुम एपमार्फत हुन लागेको हो ।  

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै प्रबन्धक सञ्चालकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: