युनिलिभर नेपालको २७ औँ साधारण सभा आज, यस्ता छन् अजेन्डा

2020-12-01
युनिलिभर नेपालको २७ औँ साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुने भएको छ। कम्पनीको २७ औँ वार्षिक साधारण सभा भिडियो कन्फ्रेन्सिङ मार्फत कम्पनीको कर्पाेरेट कार्यालयमा आयोजना हुन गईरहेको हो। 

उक्त सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको प्रतिकित्ता १ सय रुपैयाँका दरको नगद लाभांस पारित गर्नेछ।  

यसका साथै आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण माथि छलफल गरी पारित गरिनेछ। सभाले २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। 

यसैगरी सभाले कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतका परियोजनाहरुको खर्चलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनलगायतका प्रस्तावहरु पनि अनुमोदन गर्नेछ। 

कम्पनीले गएको कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।  

 


Share this with your friends: