रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

2020-12-07
रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ साधारण सभा डाकेको हो। 

बैठकले कम्पनीको आठौँ साधारण सभा पुस २० गते सोमबार बिहान ११ बजे काठमाण्डौमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसका साथै लेखापरिक्षकको प्रतिवेदनसहित २०७७ साल असार मसान्तसम्मको वासलात र आ.व २०७६/७७ को नगद प्रवाह विवरण सहितका अनुसूचीमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ.व २०७६ /७७ का लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ। 

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: