राष्ट्रिय बीमा कम्पनीले कोरोना नियन्त्रण कोषमा रु. २ करोड सहयोग गर्ने

2020-08-09
राष्ट्रिय बीमा कम्पनीले कोरोना नियन्त्रण कोषमा रु. २ करोड सहयोग गर्ने

काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ करोड सहयोग गर्ने भएको छ। 

कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिए। अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन्। 

नेपाल सरकारको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर सङ्घीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको अधिकारीले बताए। 

कम्पनीले सङ्घीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा रु एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा रु पाँच लाखका दरले रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ।


Share this with your friends: