विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

2020-10-06
विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ। 

यसका लागि हिजो सोमबार यि दुई लघुवित्तबिच दिनको ४ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

खप्तड लघुवित्त कैलालीको गोदाबरी नगरपालिका वडा न १ अत्तरीयामा रजिस्टर्ड कार्यालय भएको संस्था हो। खप्तड लघुवित्त नेप्सेमा सूचिकृत छैन।   

त्यस्तै विजय लघुवित्त नवलपरासीको गैंडाकोट रजिस्टर्ड कार्यालय रहेको संस्था हो। यो नेप्सेमा सूचीकृत कम्पनी हो।
 

 


Share this with your friends: