वीरगञ्जको आदर्शनगरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

2022-03-07
वीरगञ्जको आदर्शनगरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लामा वीरगन्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ।

नयाँ शाखाको औपचारिक उद्घाटन वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंकका अध्यक्ष डा। बिरेन्दप्रसाद महतोले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो।  

बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा चौबीसै घन्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।  

बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखा र १५७ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ३२१ स्थानबाट ग्राहकलाई सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बंैकको देशभर २०० वटा एटीएम सञ्चालनमा छन्।  


Share this with your friends: