सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

2021-07-21
सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको नाममा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको ५ लाख ५१२ कित्ता संस्थापक सेयर आज(साउन ६गते)देखि लिलामीमा राखिएको  हो । 

यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै बोलपत्र आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्नका आवेदन नदिएमा वर्तमान संस्थापक सेयरधनीभन्दा बाहिरका व्यक्तिका नामममा उल्लेखित सेयर बिक्री गरिने जनाइएको छ । 


Share this with your friends: