सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने

2022-01-07
सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि २७ गतेसम्म जाजरकोटमा तालिम सञ्चालन गर्न लागेको हो । 

कम्पनीले जाजरकोट,मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै तालिम गर्न लागेको हो । 

तालिममा भाग लिन चाहने इच्छुकले प्लस टु वा सो सरह उत्तिण गरेको हुनुपर्नेछ । निवेदकले शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, नेपाल ीनागरिकर्ताको प्रमाणपत्रको प्रतिलिपी,पासपोर्ट साइजको २ वटा फोटो र तालिम शुल्क ३ हजार बुझाउनु पर्नेछ । 

त्यस्तै संस्थागत क्षति मूल्यांकनकर्ता तालिम लिन चाहने कम्पनी कृषि कार्यसँग सम्बन्धित फर्म वा कम्पनी हुनुपर्नेछ । 


Share this with your friends: