समाज लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न,तीन सञ्चालक निर्विरोध निर्वाचित

2022-01-31
 समाज लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न,तीन सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संस्थाको चौथो वार्षिक साधारण सभा आइतवार जानकी फैमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा सम्पन्न भएको हो । सभामा आव २०७७र७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । 

सभामा आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । 

त्यस्तै संस्थापक समूहको तर्फबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।  निर्विरोध निर्वाचित हुनेमा सरोज कुमार महतो, सन्तोषी महतो र सुरेश साह निर्विरोध निर्वाचित भएको हुन् । 


Share this with your friends: