सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा पुस १४ गते

2020-12-06
सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा पुस १४ गते

काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गतेका लागि ५ औँ वार्षिक साधारण सभा डाकेको हो। 

सभा काठमाण्डौको धुम्बाराहीमा अवस्थीत अकामा होटलमा बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यमबाट आयोजना हुने भएको छ।  

उक्त सभामा कम्पनीको जारी पूँजीलाई ३ अर्ब बाट बढाएर ३ अर्ब ३३ करोड २५ लाख पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै संस्थापक सेयरधनी(समूह क) तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरिक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ। 

 


Share this with your friends: