सानिमा जनरलको वार्षिक साधारण सभा स्थगित

2021-05-13
सानिमा जनरलको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख २९ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । 

बैठकले महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, गोष्ठी, सम्मेलन, तालिम, सेमिनार, पार्टी प्यालेस सञ्चालन गर्न प्रतिबन्ध लगाएका कारण साधारण सभा स्थगित गरेको हो । 

कम्पनीको साधारण सभा वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुको सभामा भाग लिन तथा मतदान गर्न सक्ने अधिकारलाई यथावत राखि अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । 

कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी जेठ ११ गतेका लागि बोलाइएको थियो ।   


Share this with your friends: