सिउरी न्यादी पावरद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-16
सिउरी न्यादी पावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी चैत २१ गते सोमबारका दिन काठमाण्डौ अनामनगरमा रहेको युनियन हाउसमा बिहान १० बजे सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: