सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

2022-04-05
सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबासस्थित बर्दिवास जनसेवा हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले बर्दिबास जनसेवा हस्पिटलका सबै सेवासुविधामा १०५ छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ। यस्तै मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पास्ष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल ९यो सुविधामार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्० र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ। 

हालै वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्यकलगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्पmत रु। १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ रु। २०० क्यासब्याक दिइनेछ। 

त्यस्तै रु। ५ लाखसम्मको दुर्घटना तथा मृत्यु बीमा तथा रु। ५० हजासम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ।

ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ बैंकले यसअघि नै कियोस्क सेवाको सुरुआत गरेको छ। कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन्। 


सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४  वटा शाखा,  १२५  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट  १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।  


Share this with your friends: