कोभिड प्रभावित पर्यटन क्षेत्रमा सीआईटीको विशेष सापटी योजना, यस्ता छन् सुविधा

2021-06-20
कोभिड प्रभावित पर्यटन क्षेत्रमा सीआईटीको विशेष सापटी योजना, यस्ता छन् सुविधा

काठमाण्डौ । कोभिड प्रभावित पर्यटन क्षेत्रका कर्मचारीहरुले नागरिक लगानी कोष (सीआईटी) बाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ। पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई यस्तो व्यवस्था गरिएको सीआईटीले जनएको छ । 

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको सीआईटीले जनाएको छ। 

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिनेछ। यस सापटीमा कर्मचारी वचत वृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै लिने व्याजदर निर्धारण गरिएको छ। यसको मतलब लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ। 

यस्तो सुविधा अतिप्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई आउँदो पुस मसान्तसम्म उपलब्ध गराइने सीआईटीले जनाएको छ। उक्त सापटी रकम भने सापटी लिएको २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था पनि सीआईटीले मिलाएको छ। 


Share this with your friends: