सुपर माई हाइड्रोपावरको वार्षिक साधारणसभाको मिति तय, लाभांस पारित मुख्य अजेन्डा

2020-09-06
सुपर माई हाइड्रोपावरको वार्षिक साधारणसभाको मिति तय, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभाका लागि मिति तोकेको छ। 

कम्पनीको सञ्चालक समितिको बैठकले वाषिक साधारणसभाका लागि असोज १७ गतेको मिति निर्धारण गरेको हो। कम्पनीको साधारणसभा काठमाण्डौको बानेश्वरस्थित रजिस्टर्ड कार्यालयमा आयोजना हुने छ।  

सभामा आर्थिक वर्ष २०७६ र ७७ का लागि प्रस्तावित चुक्तापुँजीको ७.१५ प्रतिशतले हुन आउने २ करोड ८२ लाख ७३ हजार ७०५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन हुनेछ। 

सभाले वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरुमाथि छलफल गरी पारित गर्नेछ। 

 


Share this with your friends: