सूर्या लाइफद्वारा सेयरधनीका लागि लाभांस प्रस्ताव

2020-11-11
सूर्या लाइफद्वारा सेयरधनीका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांस प्रस्ताव गरेको हो। 

कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने २२ करोड ६८ लाख ५६ हजार ६११ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र ५.५२६ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।


Share this with your friends: