सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त

2021-01-11
सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन्। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको हो। 

यसका साथै सोहि बैठकद्वारा कम्पनीका स्वतन्त्र सञ्चालक गंगा प्रसाद शर्माले दिएको राजिनामालाई पुस २६ गते देखि नै लागू हुने गरी स्वीकृत गरिएको  गरेको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: