सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न

2022-04-18
सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ।

प्रदेश नम्बर १ को भोजपुर जिल्लाको षडानन्द नगरपालिकास्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो। तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी रहेको छ। 

यस परियोजनाका प्रवर्द्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन्। उक्त समूहले ४।७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ। 

आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: