स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

2021-12-24
स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ५ औँ वार्षिक साधारण सभा आज रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । 
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३४ प्रतिशत लाभांश अनुमोदन गरिएको छ । संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा ३२.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ। सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी अनुमोदन गरेको छ। 

सभाले संस्थामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गरेको छ। जसअनुसार सन्तोषणनारायण श्रेष्ठ, कृष्णप्रसाद अर्याल, गिरिराज पाठक र हिमलाल शर्मा निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको हाल ७ वटा जिल्लाहरुमा ३४ वटा शाखा कार्यालयार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ। २०७८ असोज मसान्तसम्म संस्थामा २४ हजार ९४९ ग्राहक सदस्य आबद्ध रहेका छन् भने १४ हजार ६६ जना ऋणी रहेका छन्। 

संस्थाले यस अवधिसम्म लगानीमा रहेको कर्जा १ अर्ब ७२ करोड ६८ लाख गरेको छ भने ५५ करोड बचत संकलन गर्न सफल भएको छ।


Share this with your friends: