काठमाण्डौ । स्वास्थ्य बीमा लागू भएका जिल्लाको संख्या ६५ पुगेको छ। स्वास्थय बीमा बोर्डले थप तीन जिल्लामा सेवा विस्तार गरेसँगै स्वास्थ्य बीमा लागू भएका जिल्लको संख्या ६५ पुगेको हो।
बोर्डले पाचँथर, लमजुङ र सल्यानमा स्वास्थ्य बीमा लागू गरेको हो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले पाचथँरमा आयोजित कार्यक्रममा भौतिक यातायात तथा पूर्वाधार मन्त्री वसन्त कुमार नेवाङलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेर औपचारिक रुपमा स्वास्थ्य बीमा सेवा सुचारु गरेका हुन्।
त्यस्तै सल्यानमा र लमजुङमा समेत कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा स्वास्थय बीमा सेवा लागू गरिएको छ।