स्वास्थ्य बीमा बोर्डद्वारा नयाँ एप सर्वाजनिक,अनलाइनमार्फत पोलिसी नविकरण गर्ने प्रक्रियाको उद्घाटन

2022-04-08
स्वास्थ्य बीमा बोर्डद्वारा नयाँ एप सर्वाजनिक,अनलाइनमार्फत पोलिसी नविकरण गर्ने प्रक्रियाको उद्घाटन

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नयाँ एप सार्वजनिक गरेको छ । बोर्डले आज आफ्नो छैठौँ वार्षिकोत्सवका अवसरमा एचआइबी मोबाइल प्रोफाइल एप सार्वजनिक गरेको हो। 
बोर्डको यो नयाँ एप भोलिदेखि प्लेस्टोरबाट डाउनलोड गर्न सकिने छ । यो एपको प्रयोगबाट बीमितहरुले आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन् । 
यसै अवसरमा बोर्डले कनेक्ट आईपीएस र खल्तीको प्रयोगले अनलाईनबाटै स्वास्थ्य बीमा पोलिसी नविकरण गर्ने प्रक्रियाको समेत उद्घाटन गरेको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीज्यूको अध्यक्षता र माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री भवानी प्रसाद खापुङ ज्यूको प्रमुख आतिथ्यमा छैटौ स्वास्थ्य बीमा दिवसको  उपलक्षयमा स्वास्थ्य बीमामा आबद्ध बीमितहरुका लागि जानकारी मुलक HIB Profile Mobile App,  आबद्ध बीमितहरुका लागि online(connectIPS, Khalti) मार्फत नविकरण गर्ने प्रक्रियाको उदघाटन कार्यक्रम गरि सम्पन भएको हो । 


Share this with your friends: