हिमालयन रि इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-10-06
हिमालयन रि इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको होटल अल्फटमा अपरान्ह ५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावज कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने र संसोधित प्रबन्धपत्र तथा नियमावलीमा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्स्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्तिवेदनसहितको ंवासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा बारेको प्रस्ताव समेत पारित गरिनेछ ।  


Share this with your friends: