हिमालयन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-12-26
हिमालयन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ कमलादीमा रहेको हिमालयन बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअलमाध्यममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का लागि बैंकद्वारा प्रस्तावित २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांस गरी कुल २६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा बैंकको अधिकृत पूँजी १५ अर्ब रुपैयाँबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै सिभिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक १ः१ सेयर अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरिनेछ । 

सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संसोधन गर्ने र नियामक निकायबाट यससम्बन्धि कुनै फेरबदल गर्न निर्देशन भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै अध्यक्षबाट प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ।व २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी पुस ११ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: