हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव,बोनस कति ?

2022-01-06
हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव,बोनस कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७७/७८ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस र ०.३५ नगद लाभांस गरी कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७ सय रुपैयाँको ६.६५ प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ७२ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र ०.३५ प्रतिशतले हुन आउने ३८ लाख ५१ हजार १७९ रुपैयाँ नगद लाभांस रहेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 


Share this with your friends: