महेन्द्रनगरमा डिशहोम डिलर दाइहरु सम्मानित

2022-02-09
महेन्द्रनगरमा डिशहोम डिलर दाइहरु सम्मानित

काठमाण्डौ। डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ। 

महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर डिलर दाइहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ। 

महेन्द्रनगरमा डिशहोम÷डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाको एसके लाइट हाउस, अत्तरियाको उग्रतारा बिजुली भण्डार, धनगढीको लामा ट्रेडर्स, महेन्द्रनगरको केपी इन्टरप्राइजेज, पुनर्बासको अधिकारी इलेक्ट्रोनिक र वाणीको आर्या इलेक्ट्रोनिकलाई उपहारस्वरुप एक–एक थान ल्यापटप प्रदान गरिएको छ।

यसका साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंसापत्रसहित सम्मान गरेका छन्। 

कार्यक्रममा कैलाली र कञ्चनपुरका डिस्ट्रिब्युटर, डिलर  दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति थियो।  

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकताअनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ। कम्पनीका अनुसार डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।


Share this with your friends: