चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

2022-04-11
चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् ।

कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । बैठकले शाहको राजीनामा आगामी चैत ३० गतेदेखि लागू  हुने गरी स्वीकृत गरेको हो ।

यसका साथै सोही बैठकले कम्पनीको महाप्रबन्धकमा आगामी वैशाख १ गतेदेखि  लागू हुने गरी संजिव थापालाई नियुक्त गरेको जनाएको छ ।  


Share this with your friends: