नेप्सेद्वारा यी चार बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-12-30
नेप्सेद्वारा यी चार बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नबिल बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य १०३८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता १३८६ रुपैयाँ कायम थियो। बैंकको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि ३३.५ प्रतिशत बोनस सेयर(१०० कित्ता बराबर ३३.५ कित्ता) र १.७६ प्रतिशत नगद लाभांस९कर प्रयोजनका लागि० गरी कुल ३५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। 

यस्तै नेपाल एसबीआई बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ३८५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४०८ रुपैयाँ कायम थियो। बैंकले गत आ.व का लागि ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांस गरी कुल ९.४७ लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी २७ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 
 
कृषि विकास बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ४२४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४८८ रुपैयाँ कायम थियो। बैंकको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५.०७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

यसैगरी ग्लोबल आइएमई बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ३०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ कायम थियो। बैंकले गत आ.व का लागि १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १६ लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 


Share this with your friends: