अपि पावरद्वारा कोरोना महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री हस्तान्तरण

2021-05-20
अपि पावरद्वारा कोरोना महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । अपि पावर कम्पनीले कोरोना महामारी विरुद्ध लड्न दार्चुला जिल्लामा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

उक्त कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले हालै स्थानीय मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यालयका लागि १० थान र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई १५ थान गरि ३५ थान अक्सिजन सिलिन्डर  हस्तान्तरण गरेका हुन् ।

साथै कम्पनीले मार्मा गाउँपालिका वडा नं २ लाई पनि स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

त्यसैगरी कम्पनीको चार मेगावाट९मेवा० क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना प्रमुख दुर्गामणि त्रितालले चन्द्रपुर नगरपालिकास्थित सुरक्षा निकायहरुलाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरेका छन् ।

कम्पनीले दार्चुला जिल्लामा ८ दशमलव ५ मेवाको नौगड गाढ र ८ मेवा क्षमताको माथिल्लो नौगड गाढ साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ भने सोहि जिल्लामा ४० मेवा को माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ ।  उता चन्द्रनिगाहपुर सोलार आयोजनाको निर्माण कार्य भने अन्तिम चरणमा रहेको छ ।


Share this with your friends: