अब बीमा कम्पनीहरुले दुई स्वेदेशी पुनर्बीमकमा समान रुपमा पुनर्बीमा गर्नुपर्ने

2022-05-20
अब बीमा कम्पनीहरुले दुई स्वेदेशी पुनर्बीमकमा समान रुपमा पुनर्बीमा गर्नुपर्ने

काठमाण्डौ । बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्सा अन्तर्गत अनिवार्य गर्नुपर्ने पुनर्बीमा नेपाल पुनर्बीमा र हिमालयन रिलाई समान रुपमा बाड्नुपर्ने भएको छ। यसअघि बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्साको कम्तीमा २० प्रतिशत नेपालकै पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था अन्तर्गत नेपाल पुनर्बीमा कम्पनीमा मात्रै गर्दै आएका थिए। तर अब भने समितिले पहिलेको व्यवस्थालाई परिमार्जन गर्दै बीमा कम्पनीहरुले हाल नेपालमा सञ्चालनमा रहेको दुई पुनर्बीमा कम्पनी,हिमालयन रि र नेपाल पुनर्बीमा कम्पनीमा समान रुपमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको हो। 

नयाँ व्यवस्थासँगै अब बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमाशुल्कको १० प्रतिशत रकम हिमालयन रि र अर्को १० प्रतिशत नेपाल पुनर्बीमामा पुनर्बीमा गर्नुपर्नेछ।  

यस्तै बीमा समितिले कम्पनीहरुले अनिवार्य स्वेदेशी पुनर्बीमकसँग गुर्नपर्ने पुनर्बीमादर  आर्थिक वर्ष २०८१/८२ देखि प्रत्येक वर्ष दुई प्रतिशतका दरले कम हुदै जाने र २०८५/८६ देखि यो व्यवस्था खारेज हुने निर्णय गरेको छ। 

 


Share this with your friends: