अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य नियुक्त

2021-03-12
अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य नियुक्त

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जिवनराम शाक्य नियुक्त भएका छन्। कम्पनीको आज(फागुन)२८ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्षमा नियुक्त गरेको हो। 

शाक्य कम्पनीको सञ्चालकको रुपमा रहँदै आएका थिए। कम्पनीका निवर्तमान कार्यकारी अध्यक्ष रमेशप्रसाद  न्यौपानेले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो।

यस्तै आजै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रबन्धक निर्देशकमा रमेश प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ।  

 


Share this with your friends: