आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2021-04-20
आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका सिग्देलको असामायिक निधन भएको थियो । कम्पनीको दमौली शाखाले मृतक सिग्देलको श्रीमती अनिता पंगेनीलाई उक्र चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीका गण्डकी प्रदेश प्रमुख सूर्य प्रसाद घिमिरे, शाखा प्रमुख पुरुषोतम पण्डित र चिफ एजेन्सी म्यानेनजरको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।


Share this with your friends: