आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-07-08
आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्यु दाबी  बापत २० लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो । 

कम्पनीले धनगढी–१३ का २४ बर्षिय योगेश अवस्थीको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । अवस्थीको कोरोना संक्रमणका कारण गत वैशाख २० गते मृत्यु भएको थियो । 

कम्पनीले मृतक अवस्थीकी आमालाई आवश्यक कागजात बुझाएको एक साताभित्रै दाबी भुक्तानी प्रदान गरिएको जनाएको छ ।   


Share this with your friends: