आजदेखि खुल्यो प्रभु लाइफको नियमित सेयर कारोबार

2021-01-03
आजदेखि खुल्यो प्रभु लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो। 

गत शुक्रबार नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएका २ करोड कित्ता साधारण सेयर सूचीकृत भएको थियो। नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता १०९.५६ रुपैयाँदेखि ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोक्नुका साथै कारोबार संकेत पीएलआई संकेत कोड प्रदान गरेको थियो। 

कम्पनीले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

 


Share this with your friends: