आजदेखि खुल्यो यूनियन लाइफको नियमित सेयर कारोबार

2021-08-02
आजदेखि खुल्यो यूनियन लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज(साउन १७ गते)बाट यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो। 

हिजो नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएका २ करोड १५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो। नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोक्नुका साथै कारोबार संकेत युएलआई संकेत कोड प्रदान गरेको थियो। 

कम्पनीले गत असार २४ गतेदेखि २८ गतेसम्म रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण का लागि जारी गरिएको थियो ।


Share this with your friends: