एनआईसी एशिया लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

2021-11-21
एनआईसी एशिया लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर ५ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र दुई जना सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचित भएका हुन् । 

संस्थापक समूहबाट निर्वाचित हुनेमा कपिल ढकाल, प्रकाश बराल, विभोर कुमार अग्रवाल र दिपेश खेतान(अग्रवाल) तथा सर्वसाधारण समूहतर्फ सुवर्ण पौडेल र अशोक अग्रवाल रहेका छन् । 

 


Share this with your friends: