एनसीसी बैंकद्वारा वार्षिक साधारण सभाको मिति तय, यस्ता छन् अजेन्डा

2021-12-20
एनसीसी बैंकद्वारा वार्षिक साधारण सभाको मिति तय, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको अधिकृत पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने भएकाले सोहि बमोजिम संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ.व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: