काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)का सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् । प्रधानले आफ्नो व्यक्तिगत कारण देखाउँदै माघ २३ गते बसेको बैंकको सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् ।
उनको राजीनामा माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ ।