एलआईसी नेपालद्वारा ६८ लाख दाबी भुक्तानी

2021-07-14
एलआईसी नेपालद्वारा ६८ लाख दाबी भुक्तानी

काठमाण्डौँ । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले काठमाण्डौ कुलेश्वरका ५२ वर्षीय स्वर्गिय राजेश मानन्धरको परिवारलाई ६८ लाख मृत्यु दाबी भुक्तानी गरेको हो । 
एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले राजेश मानन्धरको मुत्यु पश्चात निजको हकवाला शोभा मानन्धरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

 हार्डवेयर सम्बन्धी व्यापार गर्ने ५२ वर्षीय मानन्धरको गत बैशाख १४ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।  


Share this with your friends: