कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

2020-10-09
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएका छन् ।

ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसीआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो कम्पनी विगत एक हप्ता देखि बन्द अवस्थामा रहेको बताइएको छ । उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनालाई असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

मध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, सर्फ, स्याम्पु र मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ । ––– रासस


Share this with your friends: