गुराँस लाइफले सार्वजनिक गर्यो परिमार्जित लाभांस

2020-09-06
गुराँस लाइफले सार्वजनिक गर्यो परिमार्जित लाभांस

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणालाई परिमार्जन गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांस परिमार्जन गरेको हो। 

कम्पनीले यसअघि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १३.१०१५ प्रतिशतले हुन आउने रु १२ करोड २९ लाख ६० हजार बराबरको बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने र सो बोनस सेयरमा लाग्ने कर सम्बन्धि सेयरधनीहरुले बुझाउनु पर्ने जनाएको थियो। 

कम्पनीलाई बीमा समितिले परिमार्जित वित्तिय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनीले लाभांस परिमार्जन गरेको सूचना सार्वजनिक गरेको जनाएको छ। 

नयाँ परिमार्जित वित्तिय विवरण अनुसार कम्पनीले अहिले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूजिँ ९३ करोड ८५ लाख २० हजार रुपैयाँ को १०.५० प्रतिशत बोनस सेयर तथा सो मा लाग्ने कर बापत रु ५१ लख ८६ हजार ५५८ रुपैयाँ(कर प्रयोजनका लागि मात्र) नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो। यसका साथै कम्पनीले नगद लाभांस प्रदान गर्ने निर्णय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभा पारित भएपछि लागु हुने समेत जनाएको छ। 

 


Share this with your friends: