नेपाल लाइफ इन्स्योरेन्सद्वारा बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

2020-12-25
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस प्रदखान गर्ने निर्णय गरेको हो। 

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति, रुरल इनडोमेन्ट एस्योरेन्स, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी) अन्र्तगत ५ देखि १५ वर्ष अवधिका लागि ६५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ र २६ वा सो भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ। 

यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेख(धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी र सदावहार जीवन) अन्र्तगत सबै बीमा अवधिका लागि ६५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

कम्पनीले अग्रिम भुक्तानी(जीवन सम्वृद्धि)बीमालेख अन्र्तगत १५ वर्षे अवधिका लागि ६२ रुपैयाँ र २० वर्षे अवधिका लागि ६४ रुपैयाँ बोनस दर कायम गरेको छ। 
सावधिक तथा आजीवन(जीवन सहारा)बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ वा सोभन्दा माथिका लागि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ। 

कम्पनीले आगामी बीमांकिय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ।     

 


Share this with your friends: