नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरको लिलामी आजदेखि

2021-06-16
नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयर आज(असार २ गते)देखि लिलामीमा राखेको छ । कम्पनीको आफ्नो स्वामित्वमा रहेको बैंकको ९ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो। 

बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ निर्धारण गरेको छ। इच्छुक लगानीकर्ताले न्युनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। बालेपत्र आवेदन पेश गर्दा सेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट रुपमा लेख्नुपर्नेछ।

यो संस्थापक सेयरको बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा काठमाण्डौमा आईपुुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 

लगानीकर्ताले असार १६गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नु पर्नेछ। 


Share this with your friends: