नेपाल लाइफद्वारा रु.२१.४६ लाख मृत्यु दाबी भुक्तानी

2022-01-17
नेपाल लाइफद्वारा रु.२१.४६ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवनका  कृष्ण बहादुर गुरुङकी पत्नी पवित्रा गुरुङलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतककी पत्नी पवित्रा गुरुङलाई एक कार्यक्रमकाबिच २१ लाख ४६ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो ।  

मृतक गुरुङले प्रतिवर्ष ८५ हजार १७९ रुपैयाँ बीमाशुल्क बुझाउने गरी १० लाखको जीबन सहारा जीवन बीमा गराएका थिए ।


Share this with your friends: