प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड सम्पन्न

2020-12-25
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज(पुस १० गते) बाँडफाँड गरिएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरिएको हो। 

आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको बाँडफाँड गोलाप्रथा मार्फत गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ। 

प्रभु लाइफले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

आईपीओ निष्कासन भएदेखि अन्तिम दिनसम्म १० लाख ८२ हजार १४३ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका थिए। 

आवेदकहरुले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

१० कित्ताका दरले सेयर बाडँफाडँ गर्दा ५ लाख ४० हजार आवेदकले सेयर पाउनेछन् भने बाँकी ५ लाख ४२ हजार १४३ आवेदकको हात भने खाली हुने भएको छ। 

 


Share this with your friends: